info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

वोमीको १ लाख २३ हजार कित्ता सेयर लिलामी बिक्री गर्दै

By: Nepse Direct Sep 16, 2019

वोमी माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड WOMI ले १ लाख २३ हजार २१३ कित्ता सेयर लिलाम बढाबढ गरी बिक्री गर्ने भएको छ । कम्पनीले गत साउन ९ गतेदेखि भदौ ११ गतेसम्म निष्कासन तथा बिक्री खुला गरी आवेदन माग गरेको हकप्रद सेयरमा आवेदन नपरेको सेयर बिक्री गर्न लागेको हो । सो सेयरमा असोज ६ गतेदेखि १३ गतेसम्म शिलबन्दी बोलपत्र पेश गर्न सकिनेछ । बिक्री गरिने सेयरमध्ये संस्थापक समूहको ७६ हजार ७०३.८० कित्ता रहेको छ भने ४६ हजार ५०९.२० कित्ता सर्वसाधारण समूहको सेयर रहेको छ । सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको छ । लगानीकर्ताले संस्थापक समूतर्फको सेयरमा न्यूनतम १०० कित्ता र सर्वसाधारण समूहतर्फको लागि न्यूनतम १०० कित्ताका लागि बोलपत्र पेश गर्नुपर्नेछ । कम्पनीको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले सिद्धार्थ क्यापिटल, सिद्धार्थ बैंकका विराटनगर, बिर्तामोड, वीरगञ्ज, जनकपुर, हेटौँडा, नारायणगढ, पोखरा, बाग्लुङ्ग, बुटवल, घोराही, नेपालगन्ज, सुर्खेत, धनगढी र महेन्द्रनगर शाखा कार्यालय र वोमी लघुवित्त वित्तीय संस्थाबाट  आवेदन दिन सक्नेछ । 

Shivam Cement
Companies in this article:
WOMI WOMIPO