info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

थपियो सनराइज फस्ट म्युचुअल फन्डमा आवेदन दिने म्याद, निष्कासन बन्द कहिले ?

By: Nepse Direct Sep 29, 2019

सनराइज म्युचुअल फन्डले असोज ८ गतेदेखि निष्कासन तथा विक्री खुला गरेको प्रति इकाई १० रुपैयाँ अंकित दरले १० करोड इकाईमा आवेदन दिने समय लम्बिएको छ । सनराइज बैंक लिमिटेड कोष प्रबद्र्धक रहेको यस योजनाको नाम सनराइज फस्ट म्युचुअल फन्ड रहेको छ । यसको योजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेड रहेको छ । निष्कासन बन्द छिटोमा असोज १२ गते हुने तय गरिएको थियो । तर सो अवधिसम्ममा पर्याप्त आवेदन नपरेका कारण कात्तिक ७ गतेसम्म म्याद थप गरिएको हो । योजनाले १० करोड इकाई बीज पुँजीबापत १ करोड ५० लाख इकाई कोष प्रबद्र्धकलाई सुरक्षित राखेको छ । सर्वसाधारणले बाँकी ८ करोड ५० लाख इकाईका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतम १ करोड इकाईका लागि आवेदन दिन सक्नेछन् । यस योजनाको अवधि १० वर्षको रहेको छ । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी सि–आस्बा सेवामा सहभागि बैंक तथा वित्तीय संस्थाहरु र तिनका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यस म्युचुअल फन्डको कोष प्रबद्र्धकलाई इक्रा नेपालले  इक्राएनपी–ए माइनस रेटिङ दिएको छ भने योजना व्यवस्थापकलाई इक्रएनपी एएमसी क्वालिटि ३ रेटिङ दिएको छ । 

Shivam Cement
Companies in this article: