info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

असोज १६ गतेदेखि आईपिओ निष्कासन गर्दै शिव श्री हाइड्रोपावर

By: Nepse Direct Sep 25, 2019

शिव श्री हाईड्रोपावर लिमिटेडले असोज १६ गते देखि साधारण सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुल्ला गरेको छ । कम्पनीले २२ लाख १४ हजार ६ सय कित्तामा स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको सेयरमा आवेदन नपरेको ११ लाख ३६ हजार ५ सय ४० कित्ता सेयर थप गरी कुल ३३ लाख ५१ हजार १ सय ४० कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो । सोमध्ये २ लाख ६८ हजार ९१ कित्ता सामूहिक लगानी कोष तथा कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ । 

निष्कासन बन्द छिटोमा असोज २४ गते र ढिलोमा कात्तिक १५ गते हुनेछ । कम्पनीले निष्कासन गर्न लागेको आइपीओ अर्थात साधारण सेयरलाई इक्रा नेपालले ग्रेड ४ रेटिङ्ग दिएको छ । यसले औषतभन्दा तल आधारहरु रहेको जनाउँछ । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । आवेदकहरुले धितोपत्र बोर्डबाट अनुमति लिई आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि–आस्वा प्रणली मार्फत आवेदन दिन सक्नेछन् । लगानीकर्ताहरुले न्यूनतम १० कित्ता देखि अधिकतम १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । 

Shivam Cement