info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

बोनसको कर तिर्न सेयरधनीहरुलाई सगरमाथा इन्स्योरेन्सको सूचना

By: Nepse Direct Sep 27, 2019

सगरमाथा इन्स्योरेन्स लिमिटेड SIC  0.2 %  491.00 ले बोनस सेयर बापतको कर तिर्न सेयरधनीहरुलाई अनुरोध गरेको छ । असार १३ गते सम्पन्न कम्पनीको साधारण सभाले आव २०७४/७५ को मुनाफाबाट ८६ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको थियो । कर बापतको तिर्नुपर्ने रकम ग्लोबल आइएमई बैंकको खाता नं. ०१०१०१०००५२६४ मा जम्मा गरेको प्रत्येक हप्ताको स्टेटमेन्टको आधारमा अर्को हप्ताको दोस्रो दिन बोनस सेयर हितग्राही खातामा पठाउने व्यवस्था मिलाइएको छ । असोज २ गतेसम्ममा कर बापतको रकम जम्मा तथा हितग्राही नम्बर बुझाएका सेयरधनीहरुको खातामा असोज ८ गते बोनस सेयर जम्मा गरिसकेको छ । 

Shivam Cement
Companies in this article:
SIC SICPO