info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

अन्य ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार शिघ्र संचालन गर्न बोर्डको निर्देशन

By: Nepse Direct Oct 03, 2019

नेपाल धितोपत्र बोर्डले ब्रोकर कम्पनीहरुलाई मार्जिन कारोबार शिघ्र संचालन गर्न निर्देशन दिएको छ । हालसम्म नेप्सेबाट २१ वटा ब्रोकरले मार्जिन कारोबारको अनुमति प्राप्त गरेपनि १ मात्र ब्रोकर कम्पनीले मार्जिन कारोबार सुविधा कार्यान्वयनमा ल्याएका कारण अन्य कम्पनीहरुलाई पनि सो सुविधा शिघ्र कार्यान्वयनमा ल्याउन निर्देशन दिएको हो ।

धितोपत्रको दोस्रो बजार मार्फत लगानी गर्ने सर्वसाधारण लगानीकर्तालाई अन्तर्राष्ट्रिय अभ्यास अनुरुप मार्जिन कारोवार सुविधा उपलब्ध गराउने उद्देश्यले बोर्डले नयाँ वित्तीय उपकरणको रुपमा “मार्जिन कारोवार सुविधा सम्बन्धी निर्देशन, २०७४” अनुरुप नेप्सेबाट तयार गरिएको कार्यविधिलाई स्वीकृति दिनुको साथै मार्जिन कारोवारमा धितोपत्र दलाल र ग्राहकको समझदारीमा ऋणको व्याजदर हुने व्यवस्था गर्नुको साथै मार्जिन कारोबार सुविधा संचालनका लागि छुट्टै हितग्राही खाताको व्यवस्था समेत भैसकेको छ । अव लगानीकर्ताहरुले दोस्रो बजार मार्फत शेयर खरिद गर्न तोकिएको धितोपत्रहरुको मार्जिन राखेर शेयर खरिद गर्न सक्ने छन् । 

यसरी शेयर खरिद बिक्री गर्न एकद्वार प्रणालीमार्फत सवै सुविधा उवलब्ध गराउने  बोर्डको नीति÷निर्देशन अनुरुप नयाँ वित्तीय उपकरणको रुपमा मार्जिन कारोवार धितोपत्र बजारमा प्रवेश गराई धितोपत्र दलाल व्यवसायीको कार्य क्षेत्र समेत विस्तार भएको बोर्डले बताएको छ । मार्जिन कारोवार सुविधाले लगानीकर्ताको हित संरक्षण गर्न तथा दोस्रो बजार कारोवारमा तरलता अभिबृद्धि गरी बजारलाई थप चलायमान गराउने बोर्डको अपेक्षा रहेको छ ।

Mega Maya Bachat Khata
Companies in this article: