info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

दशैँ दक्षिणा बचत गर्नुहोस र पाउनुहोस यस्ता सुविधाहरु

By: Nepse Direct Oct 02, 2019

नागरिक लगानी कोषले नयाँ योजना सार्बजनिक गरेको छ । प्रायजसो सरकारी संस्थामा आबद्ध कर्मचारीले बचत गर्दै आईरहेको यस कोषले दशैंको अवसर पारेर एक नयाँ योजना ल्याएको हो  योजना अन्तर्गत अब सर्वसाधारण सबैले कोषको सदस्य भएर पैसा बचत गर्न सक्नेछन्  

जसअन्तर्गत मासिक ५०० बचत गर्नुपर्ने छ । साथै,कोषले सहजताको लागि मासिक बचत नगरेर तीन/तीन महिना, छ/छ महिना वा बार्षिक रुपमा बचत गर्दा पनि हुने व्यवस्था गरेको छ। ६ महिनामा बचत गर्नेले ३ हजार र बार्षिक बचत गर्नेले ६ हजार जम्मा गर्नुपर्छ। पैसा बचत गर्न सुरु गरेपछी ५ बर्षसम्म बिचमा छोड्न भने पाइन्न  हाल संचालनमा रहेका २८ बाणिज्य बैंकको जुनसुकै शाखाबाट पनि खाता खोलेर एक कार्ड मार्फत उक्त कार्डको नम्बरको आधारमा रकम जम्मा गर्न मिल्ने व्यवस्था गरेको छ   बचत गरेको ५ बर्षपछि कोषबाट ऋण लगायत अन्य सुबिधा लिन सकिन्छ  

संकलन रकमको ८० प्रतिशत बराबर आउने रकमको कर्जा पाइने छ । कर्जा र बचतको ब्याजको अन्तर १.५ प्रतिशत हुने कोषले बताएको छ  त्यति मात्र नभएर नियमित ५ बर्ष बचत गरे पछि कोषले पेन्सन समेत दिने छ । बार्षिक ६ हजारको दरले बचत गर्दा ५० लाख सम्म ऋण र १ लाख सम्मको दुर्घटना बिमा पाउन सकिने छ 

Shivam Cement
Companies in this article:
CIT