info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

युनाइटेड इन्स्योरेन्सको हकप्रद सेयरमा आवेदन दिने भोलि अन्तिम दिन

By: Nepse Direct Sep 22, 2019

युनाइटेड इन्स्योरेन्स कम्पनी (नेपाल) लिमिटेड UIC  3.08 %  252.00 ले भदौ ३ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको २४० प्रतिशत हकप्रद सेयरमा आवेदन दिने भोलि (असोज ६ गते) अन्तिम दिन हो । कम्पनीले १ः२.४ अनुपातमा ७२ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर बिक्री गरेको थियो । सो कम्पनीको हकप्रद सेयरमा साउन १४ गतेसम्म कायम रहेका सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताहरुले प्रति कित्ता १ सय रुपैयाँमा आवेदन दिन सक्नेछन् । यसमा बिक्री प्रबन्धकको कार्य एनएमबि क्यापिटलले गर्नेछ । सो हकप्रद सेयरमा एनएमबि बैंक, गुडविल फाइनान्स, सेन्ट्रल फाइनान्सका विभिन्न शाखा कार्यालय र सि–आस्वाबाट आवेदन दिन सकिनेछ । साथै एनएमबि क्यापिटलबाट पनि हकप्रद सेयरमा आवेदन दिन सकिन्छ । 

हाल कम्पनीको चुक्तापुँजी ३० करोड २४ लाख रहेको छ । हकप्रद सेयर निष्कासन तथा बाँडफाँट पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब २ करोड ८१ लाख ६० हजार पुग्नेछ । कम्पनीले निष्कासन गर्न लागेको हकप्रद सेयरलाई केयर नेपालले औषतभन्दा कमजोर आधार जनाउने केयर एनपि आईपिओ ग्रेड ४ रेटिङ दिएको छ । 

Shivam Cement
Companies in this article:
UIC UICPO