info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

ग्लोबल आइएमई लघुवित्तको शतप्रतिशत हकप्रदमा आवेदन दिने आज अन्तिम दिन

By: Nepse Direct Sep 09, 2019

ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड GILB ले साउन २१ गतेदेखि निष्कासन तथा बिक्री खुला गरेको शतप्रतिशत हकप्रद सेयरमा आवेदन दिने आज (भदौ २३ गते) अन्तिम दिन हो । सो सेयरमा असार ३१ गतेसम्म कायम साविक सेयरधनीहरुले आवेदन दिन सक्नेछन् । कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेड रहेको छ । लगानीकर्ताले ग्लोबल आइएमई क्यापिटल, ग्लोबल आइएमई बैंकको रजिष्टर्ड तथा सबै शाखा कार्यालय, लक्ष्मी क्यापिटल र सिआस्बा सदस्यता दिएका बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । कम्पनीले १ः१ अनुपातमा प्रति सेयर १०० अंकित मूल्यका ११ लाख ४ हजार ५७५ कित्ता हकप्रद सेयर निष्कासन गरेको हो ।

Shivam Cement
Companies in this article:
GILB GILBPO