info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

असोज २३ गतेदेखि १०% डिबेन्चर निष्कासन गर्दै लक्ष्मी बैंक

By: Nepse Direct Sep 27, 2019

लक्ष्मी बैंक लिमिटेड LBL  0.47 %  214.00 ले रू. २० लाख कित्ता ऋणपत्र जारी गर्ने भएको छ । सो मध्ये १२ लाख कित्ता प्राइभेट प्लेसमेन्टबाट र ८ लाख कित्ता सर्वसाधारणका लागि जारि गर्ने भएको छ । यसका लागि बैंकले गत भदौ १७ गते नेपाल धितोपत्र बोर्डबाट ऋणपत्र निष्कासन गर्न अनुमति प्राप्त गरेको थियो ।  

बैंकले १०% बार्षिक ब्याजदरमा १० बर्षका लागि ऋणपत्र जारी गर्न लागेको हो । ऋणपत्रमा आर्जित ब्याज रकम प्रत्येक आर्थिक वर्षको प्रथम र दोस्रो अर्धवार्षिक समाप्त भएपश्चात भुक्तानी गर्नेछ । १० वर्षपछि भने साँवा तथा ब्याज एकमुष्ट भुक्तानी गरिने बताइएको छ । 

बैंकले निष्कासन गर्न लागेको कुल कित्ता मध्ये ५ प्रतिशत अर्थात ४० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याएको छ । दरखास्तका लागि न्यूनतम ऋणपत्र २५ कित्ता रहेको छ भने आवेदकले अधिकतम ऋणपत्र १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । यस ऋणपत्रको बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । 

आवेदकले सि आश्वा प्रणालीमा सहभागी बैंक तथा वित्तीय कम्पनीबाट आवेदन दिन सक्नेछन् । साथै, मेरोसेयरको सफ्टवेयर मार्फत पनि आवेदन दिन सकिने बताइएको छ । आवेदन दिने अन्तिम मिति असोज २७ गते तोकिएको छ । यदि, उक्त मितिमा आवश्यक आवेदन नपरेमा कात्तिक २२ गते सम्म म्याद थप गरिने बताइएको छ । 

बैंकले निष्कासन गर्न लागेको ऋणपत्रलाई इक्रा नेपालले इक्राएनपी एलबिबिबि प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले मध्यम कर्जा जोखिम  रहेको संकेत गर्दछ ।

Shivam Cement
Companies in this article:
LBL LBLPO