info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

बढ्यो महंगी

By: Nepse Direct Sep 25, 2019

गत आवको साउन महिनाको तुलनामा चालु आवको सोही अवधिमा महंगी बढेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको पहिलो महिनाको तथ्याङ्कमा आधारित ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ अनुसार यस्तो देखिएको हो । २०७५ साउनमा ४.१९ प्रतिशत रहेको वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति २०७६ साउनमा २.७६ प्रतिशत विन्दु बढेर ६.९५ पुगेको हो । समिक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ८.०२ प्रतिशत र सेवा समूहको ६.१२ प्रतिशत रहेको राष्ट्र बैंकले उल्लेख गरेको छ । 

केन्द्रिय बैंकका अनुसार काठमाडौँ उपत्यकामा मुद्रास्फीति ८.६३ प्रतिशत रहेको छ भने तराईमा ६.४६ प्रतिशत, पहाडमा ५.९२ प्रतिशत र हिमालमा ५.५७ प्रतिशत रहेको छ । गत आवको साउनमा यी क्षेत्रहरुको मुद्रास्फीति क्रमशः ३.४९ प्रतिशत, ४.१४ प्रतिशत, ५.२६ प्रतिशत र २.७४ प्रतिशत रहेको थियो । समीक्षा महिनामा नेपालको वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फीति ६.९५ प्रतिशत रहेकोमा भारतमा अगष्ट महिनामा यस्तो मुद्रास्फीति ३.२१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा नेपालको मुद्रास्फीति ४.१९ प्रतिशत र भारतको ३.६९ प्रतिशत रहेको थियो ।

Shivam Cement
Companies in this article:
NRB