info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

बजाजको चाडपर्व अफर ‘बजाज भविष्यवाणी’

By: Nepse Direct Sep 26, 2019

दशैं र तिहारलाई लक्षित गरेर बजाज मोटरसाइकलको एकमात्र आधिकारिक बिक्रेता हंशराज हुलासचन्द एन्ड कम्पनी प्रा. लि.ले सार्वजनिक गरेको ‘बजाज भविष्यवाणी’ योजना संचालनमा रहेको छ । यस योजना अन्तर्गत ग्राहकले मोटरसाइकल खरिद गरेपछि कति रकम जित्न सकिन्छ भन्ने पहिले नै जान्न सक्नेछन् । नजिकिंदै गरेको दशैं र तिहारलाई लक्षित गरेर कम्पनीले वर्षेनि आकर्षक योजनाहरु सार्वजनिक गर्दै आएको छ । 

यस योजनामा ग्राहकले मोटरसाइकल खरिद गर्नुभन्दा अघि एउटा स्क्रयाच कार्ड प्राप्त गर्नेछन् । र सोही कार्डमार्फत १ लाखसम्मको हात खाली नजाने डिस्काउन्टको बारेमा जानकारी पाउन सक्नेछन् । मोटरसाइकल खरिदपश्चात ग्राहकलाई पुनः अर्को स्क्रायच कार्ड दिइन्छ जसबाट ग्राहकले १ लाखसम्मको डिस्काउन्ट प्राप्त गर्नेछन् । कम्पनीको जनसुकै आधिकारिक डिलरमा यस योजना अन्तर्गत ग्राहकले मोटरसाइकल खरिद अघि १ लाख र खरिद पछि १ लाख जित्न सक्नेछन् । 

यस योजनाको घोषणापछि कम्पनीका प्रबन्ध निर्देशक शेखर गोल्छाले बजाजले जहिलेपनि ग्राहकलाई आकर्षक योजनाहरु प्रदान गर्दै आएको बताएका थिए । ‘हामी ग्राहकको खुशीमा खुशी हुन्छौँ र ‘बजाज भविष्यवाणी’ले ग्राहकको चाडपर्वको खुशी थप्ने विश्वास गरेका छौँ । यो योजना अन्तर्गत ग्राहकले मोटरसाइकल खरिद अघि र खरिद पछि हात खाली नजाने डिस्काउन्ट प्राप्त गर्न सक्नेछन्’, उनले बताए । 

Shivam Cement