info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

चालु आवको पहिलो महिनामा शोधनान्तर स्थिति ६ अर्ब बचतमा

By: Nepse Direct Sep 25, 2019
NRB

चालु आवको पहिलो महिना अर्थात साउन महिनामा शोधनान्तर स्थिति ६ अर्ब ५ करोड बचतमा रहेको छ । गत आवको सोही अवधिमा शोधनान्तर स्थिति रु.२४ अर्ब ७७ करोडले घाटामा रहेको थियो । अमेरिकी डलरमा शोधनान्तर स्थिति अघिल्लो वर्षको पहिलो महिनामा २२ करोड ५० लाखले घाटामा रहेकोमा समीक्षा अवधिमा ५ करोड ४२ लाखले बचतमा रहेको छ । शोधनान्तर स्थिति भन्नाले मुलुक भित्रिने र बाहिरिने रकमबीचको सम्बन्ध हो । बाहिरिने रकमभन्दा भित्रने रकम बढी भएको अवस्थामा शोधनान्तर बचतमा हुन्छ भने भित्रिने रकम कम भएमा शोधनान्तर स्थिति घाटामा हुन्छ । समिक्षा अवधिमा कुल बस्तु आयात ११.५ प्रतिशत घटेको र कुल बस्तु निर्यात २७.७ प्रतिशत बढेका छ । त्यसैगरी, समिक्षा अवधिमा विप्रेषण आप्रवाह २ प्रतिशतले बढेको छ । 

समिक्षा अवधिमा चालु खाता भने ९ अर्ब ३७ करोड रुपैयाँ घाटामा रहेको छ । गत आवमा यस्तो खाता २५ अर्ब १६ करोड घाटामा रहेको थियो । गत आवको साउनमा ३ अर्ब २३ करोड रुपैयाँ घाटामा रहेको खुद सेवा आय चालु आवको सोही अवधिमा ३ अर्ब १२ करोड रुपैयाँ घाटामा रहेको छ । सेवा खाता अन्तर्गत भ्रमण आय समिक्षा अवधिमा ७.६ प्रतिशत बढेको छ भने भ्रमण व्यय ८.३ प्रतिशत घटेको छ । 

Shivam Cement
Companies in this article:
NRB