info@investingnepal.com
+977 4417635
Contact Us
Hyundai

सिद्धार्थ बैंकले डाक्यो कात्तिक ७ गते साधारण सभा, २५ प्रतिशत लाभांश पारित गर्दै

By: Nepse Direct Oct 03, 2019

सिद्धार्थ बैंक लिमिटेड SBL  1.03 %  288.00 ले २५.२६ प्रतिशत लाभांश पारित गर्न कात्तिक ७ गते १८ औँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ । सो सभा आर्मी अफिसर्स क्लब, भद्रकालीमा बिहान ११ सुरु हुनेछ । बैंकले गत आवको मुनाफाबाट १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । साधारण सभाले लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नुका साथै स्वतन्त्र संचालक नियुक्ति अनुमोदन गर्ने, मर्जर अथवा एक्विजिसन प्रयोजनको लागि डिडिए गर्न मूल्याङ्कनकर्ता नियुक्त गर्ने र लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गर्नेछ । साधारण सभा प्रयोजनको लागि बैंकले असोज २९ गते एक दिनका लागि बुक क्लोज गर्नेछ । बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ । 

Shivam Cement
Companies in this article:
SBL SBLPO